मनोरन्जन

यिनै हुन् छोटा लुगा लगाएर हिड्न मन पराउने नेपाली नायिका !

८,मङ्सिर – बोल्ड नायिकाको छवि बनाएकी सुरवीना कार्कीलाई धेरैले हट एण्ड सेक्सी भन्ने गर्छन् । उनी पर्दा र पर्दा बाहिर दुवै ठाउँमा हट एण्ड सेक्सी नै देखिन्छिन् पनि । अझै उनले गराएका फोटोशुटमा त उनी निकै कामुक हुन्छिन् । छोटो ड्रेसमा रमाउने सुरवीनाले हालै मात्र एक यु ट्युब च्यानललाई अन्र्तवार्ता दिँदै आफ्नो छोटो लुगा प्रतिको मोहको बारेमा केही कुराहरु सेयरगरेकी छिन् । कुराकानीका क्रममा उनले आफूलाई अरुले हट एण्ड सेक्सी भन्दा राम्रो लाग्ने बताएकी छिन् । हट हुनलाई के गर्नुपर्छ भन्ने प्रश्नमा छोटो लुगा लगाउँदैमा मात्रै हट भईँदैन र त्यसको लागि धेरै कुराहरु क्यारी गर्नुपर्छ । कन्फिडेन्ट हुनुपर्छ । आफूले आफ्नो ड्रेसलाई कसरी क्यारी गरिरहेको छु भन्नेकुरालाई ध्यानमा राखेपछि बल्ल हट भइन्छ भन्ने उनको भनाई छ । जम्पर लगाएर अन्र्तवार्ता दिइरहेकी उनले आफूलाई क्याजुअल, छोटा लुगा लगाएर बाहिर हिँड्न मन लाग्ने तर नेपाली समाजले छोटा लुगामा बाहिर हिँड्दा नानाथरी कुरा गर्ने, नराम्रो दृष्टिले हेर्ने बताइन् । छोटो लुगालाई नेपाली समाजले अनुमती नदिएको र यसमा आफूलाई दुःख लागेको उनको भनाई छ । छोटो लुगामा रमाउने उनको एक मनले समाजको वास्ता नगरी छोटो लुगामा रमाउँ भन्छ तर अर्को मनले भने हैन समाज र परिवारलाई वास्ता गर्नुपर्छ पर्छ भन्छ रे । सुरवीनाले चर्खा लुकामारी लगायतका सिनेमामा काम गरेकी छिन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.