मनोरन्जन

क्रिकेटर युवराज सिंहको बिहेमा प्रधानमन्त्रीलाई निम्ता।

९ मंसिर। क्रकेट खेलमा ब्याट्सम्यानको रुपमा चर्चित भारतीय क्रिकेटर युवराज सिंहले नोभेम्बर २९देखि ३० मा बलिउड नायिका हेजल किचसँग बैवाहिक बन्धनमा बाँधिदैछन्। उनले आफनो बैवाहिक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मन्त्रीहरुलाई निमन्त्रणा गरेका छन् । उनको बिहेमा बलिउड र क्रिकेट क्षेत्रका हस्तिहरुको ठूलो जमघट हुने बताइएको छ ।
३४ वर्षीय युवराज सन् २०११ को एकदिवसीय विश्वकप र २००७ मा टि २० को विश्वकप जित्दा भारतीय टोलिको मुख्य सदस्य थिए । युवराज बिहिबार बिहान भारतीय प्रधानमन्त्री मोदी र अन्य मन्त्रीहरुलाई बिहेको निम्तो दिन आफै नयाँ दिल्लीस्थित पार्लियामेन्ट हाउस पुगे र उनले यसै वर्ष इन्डोनेसियाको बालीमा हेजललाई बिहेको प्रस्ताव गरेका थिए। नायिका हेजल किजले धरम संकट मे, म्याक्सिमम्, वडिगार्ड आदि जस्ता चर्चित फिल्महरुमा अभिनय गरिसकेकी छन्।

Post Comment