मनोरन्जन

नायिका रन्जनाले दिईन आफ्नै श्रीमनलाई ज्यान मार्ने धम्की

१२, मङ्सिर । निर्देशक श्याम भट्टराईले आफुलाई पुर्व पत्नी रञ्जना शर्माले मार्ने धम्की दिएको दाबी गरेका छन् । सम्बन्ध बिच्छेद नदिएर आफु पिडित भएको भनी मिडियामा बोलेपछि नेपालबाट रञ्जनाले फोन गरेर मार्ने धम्की दिएको निर्देशक भट्टराईले बताए।
त्यस प्रकारको समाचारपछि आफुलाई मार्नेधम्की आएको श्यामले फेसबुक स्टाटसमा पनि लेखेका छन् ।‘मरिदिन्छु र मरिदिने भन्नुहुन्छ । अब म कहाँ गएर मर्ने होला ?’

श्यामले भने, ‘म उहाँबाट निकै पिडित छु ।’ कसरी ? ‘सात वर्षदेखि उहाँ छुट्टिएर बस्नु भएको छ र उहाँले मलाई डिभोर्स पनि दिनुहुन्न । मैंले अर्को घरजग गर्न पाएको छैन् ।’ यसबारे रञ्जनासँग बुझ्दा आफुले मार्ने धम्की नदिएको र सामान्य गफगाफ मात्रै भएको बताइन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.