मनोरन्जन

केपि ओलिको जिवनी माथी बन्दैछ फिल्म’रातो सुर्य’

२७,मङ्सिर । नेपाली हलहरुमा यतिबेला फिल्म सेतो सुर्य लागीरहेकोछ । सेतो सुर्यले प्रिमियर रसार्बजनिक प्रर्दशन मार्फत दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पायो ।

माओवादी द्वन्दकालको बिषय उठाएको यो फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सबहरुमा सहभागिता जनाई राम्रै चर्चा र अवार्ड समेत पाउन सफल भयो ।यति बेला सुन्दा उस्तै नाम सुनिने आर्को फिल्म समेत बन्ने भएको छ जसको नाम हो रातो सुर्य ! रातो सुर्यले समेत सेतो सुर्य झैँ राजनीतिक बिषयलाई फिल्मको मुख्य बिषय बनाउने बुझिएको छ ।
20161212185452

रातो सुर्यले चर्चित राजनीतिज्ञ एबं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जीवनीलाई फिल्ममा उतार्ने छ ।यो फिल्मलाई दिपेन्द्र दाहालले निर्देशन गर्दैछन्,फिल्मबाट केपी ओली र उनका संघर्षबारे बारे धेरै कुरा जनताले थाहा पाउने विश्वास गर्न सकिन्छ ।

फिल्ममा अभिनय गर्ने कलाकारहरु र अन्य कुरा भने जानकारी दिईएको छैन, फिल्म बारे जानकारी दिन मंगलबार प्रेसमिटको आयोजना गरिदै छ ।

सेतो सुर्यको चर्चालाई क्यास गर्न रातो सुर्य बनाउन लागिएको हो वा यो फिल्म सेतो सुर्य भन्दा अझै बिशेष बन्छ त्यो भने हेर्न बाँकी छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.