मनोरन्जन

सलमान बारे अरबाजले खुलाए नयाँ रहस्य

२८,मंसिर। उमेरले ५० कटेका बलिउडका अविवाहित अभिनेता सलमान खानको सेक्स लाइफबारे नयाँ खुलासा भएको छ ।
केही समयपहिले आफूलाई भर्जिन भएको दाबी गर्ने सलमानको पोल उनका भाई अरबाज खानले खुलाएका छन् । कफि विथ करणमा अरवाजले ‘सेक्स र वर्कआउट बिना सलमान खान एक महिना पनि बस्न नसक्ने’ कुराको खुलासा गरेका हुन् ।
कार्यक्रममा अरबाजलाई सोधिएको थियो- ‘को हो त्यो जसले एक महिना बिना सेक्सको च्यालेन्ज स्वीकार गर्न सक्दैन ?’ जवाफमा अरबाजले सलमान खानको नाम लिँदा सबै चकित परे ।
अरवाजले अगाडि भने- ‘वर्कआउट र मेकआउटमा सलमान खान एक महिनापनि कुर्न सक्दैनन् । समस्या छ ।’
त्यसपछि सलमान खानले करण जोहरसंग कुरा गर्दै अरबाजले के कुरा गर्यो थाहा नभएको तर वर्कआउट र मेकआउट बिना एक महिना बस्न नसक्ने सफाइ दिएका थिए ।
तीन वर्ष अघिको कार्यक्रममा सलमान खानले आफू भर्जिन भएको दाबी गर्दै व्यक्तिगत जीनवबारे खुलेरै बोलेका थिए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.