मनोरन्जन

सन्नीलाइ एकरातको ४ करोड अफर

एजेन्सी – ३,पुस । पोर्न स्टारबाट बलिउडमा जमेकी सन्नी लियोन शाहरुख खान अभिनीत फिल्म ‘रईस’को अाइटम गीत ‘लैला ओ अैला’ मा अाइटम डान्स गरेकी छन् । उक्त गीत रिलिज अगावै उनको चर्चा चुलिँदो छ ।‘लैला ओ लैला’ गीतका लागि विभिन्न ठाँउबाट अफरहरु अाइरहेको छ ।

?रिपोर्टका अनुसार एक पाँचतारे होटल नयाँ वर्षको अवसरमा सोही अाइटम गीतमा नृत्य गर्नका लागि उनलाई लगभग ४ करोड भारुको अफर अाएको छ । जुन उनको केही मिनेटको प्रस्तुतीहुनेछ । तर उनले त्यो अफर स्वीकार गरे या नगरेको बाहिर आएको छैन ।

सनीको अाइटम डान्स रहेको ‘लैला ओ लैला’ अर्को हप्ता सार्वजनिक हुने बताइएको छ । बताइएअनुसार सन् १९८० मा फिल्म ‘कुर्वानी’मा यही गीत समावेश थियो । तर निर्देशक राहुल ढोलकियाले आफ्नो फिल्म‘रज्ञस’ मा समावेश गराएका हुन्।

फिल्ममा शाहरुख खानका अलावा पाकिस्तानी अभिनेत्री माहिरा खान, नवाजुद्दीन सिद्दिकी र फरहान अख्तरको मुख्य भूमिका रहेको छ ।फिल्म २५ जनवरी २०१७ मा रिलिजहुँदैछ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.