मनोरन्जन

बलिउडमा संघर्ष गर्दै नेपाली ममता

७,पुस । नायिका तथा मोडल ममता शर्मा यति बेला बलिउडमा संघर्ष गरिरहेकी छन् । उसो त यस भन्दा अघि पनि थुप्रै नायक नायिकाहरुले बलिउडमा संघर्ष गरे तर मनिषा कोइराला बाहेक न त टेलिसिरियल सम्म अभिनय गरेकी उषा पौडेल नै स्थापित भइन न त चर्चामा रहेकै बेला मुम्बई हानिएका नायक निखिल उप्रेती नै स्थापित भए । यी उदाहरण मात्रै हुन् अरु थुप्रै कलाकारहरु जो बलिउड प्रबेशका लागि संघर्ष गरेर थाकिसकेछ्न ।
11893819_1618846115061468_476515811290392289_oयहि बिचमा ममता बलिउडमा स्थान खोज्दै यति बेला नयाँ दिल्ली पुगेकी छन् । नेपालमा दुई फिल्म गोरे नालायक सगै आधा दर्जन जति म्युजिक भिडियोमा अभिनय गरिसकेकी ममताले हिन्दी भाषाको फिल्म ‘द पावर’ मा अभिनय गरिसकेकी छन् ।
13179035_1708663146079764_4040141812468669213_nबलिउडको सपना देखेर संघर्ष गरिरहेकी ममतालाइ लाई शुभकामना ।

ममता अभिनित पछिल्लो भिडियो  :- [youtube https://www.youtube.com/watch?v=RmDL7m_e5as]

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.