मनोरन्जन

चलचित्र पंचायतको टिजर सार्वजनिक , निता छाउपडी पीडित(टिजर हेर्नुहोस्)

कलावती फिल्म्स प्रा.लि र हेटौडा मुबी मेकर टिमको सयुक्त प्रस्तुतिमा बि.सं. २०३१ सालको कथालाई लिएर बनेको चलचित्र पंचायतको टिजर सार्वजनिक गरिएको छ । शिबम् अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रको टिजरमा नायिका नीता ढुंगाना, जाहान्वी बस्नेत र सरोज खनाललाई देख्न सकिन्छ ।

[youtube https://www.youtube.com/watch?v=-rSJvC73PuY?ecver=1]

चलचित्र मा सरोज खनाल र निता ढुङगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ।रामेश्वर कार्कीको छायांकन , टंक बुढाथोकीको संगीत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

पंचायतको यहि जेठ १८ गते चितवनमा रेड कार्पेट प्रिमियर हुने निर्माता रवि अधिकारीले बताए । चलचित्रको निर्माता सुशान्त कुमार श्रेष्ठ , शंकर प्रसाद सुबेदी हुन् भने कार्यकारी निर्माता रवि अधिकारी हुन्   । सह निर्माता तर्फ मेनुका ढुंगाना रहेकी छिन् ।

छाउपडी प्रथामा बनेको यो चलचित्र फागुन १८ गते नेपालमा रिलीज सगै  जुनमहिनामा अमेरिकामा रेड कार्पेट लगायत विभिन्न देश प्रदर्शन र अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागी गरिने भएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.