मनोरन्जन

अन्जु पन्त ड्यालस आउँदै

नेपाली गीत संगीत क्षेत्रमा चर्चित नाम हो – अन्जु पन्त । ९ महिना अगाडी अमेरिका आई सकेकी गायिका अन्जु पन्त पुन अमेरिका आउने भएकी छिन् ।

उनि युनाइटेड नेप्लिज एसोसिएसन को तेश्रो सम्मेलनको लागि टेक्सस राज्यको ड्यालस शहरमा सम्मेलनमा प्रस्तुतिको लागि आउन लागेकी हुन् । आगामी मे २६(२७ मा हुने उक्त सम्मेलनमा उनका चर्चित गीतहरु सुन्ने अवसर श्रोताहरुले पाउने भएका छन् ।

उनले ९ महिना अगाडी डिसीमा गरेको प्रस्तुतिमा दर्शकलाई मन्त्र मुग्ध पारेकी थिइन् । उनले आफ्ना चर्चित गीतको साथै माइतिघर चलचित्रको प्राण भन्दा प्यारो गीत मिश्रित गीत गाउँदा माहौल ताते को थियो भने दर्शक झुमेका  थिए ।

यस पटक पनि टेक्ससमा उनका प्रशंसक तथा दर्शक पक्का झुम्ने छन् । न बिर्सें तिमीलाई‘, म तिमी बिना मरीहाल्छु, सुर्के थैली खै, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’,तिमि रोएको पल लगायत दर्जनौ चर्चित गीतहरु सुन्न श्रोता तथा दर्शक प्रतिक्षारत छन ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.