मनोरन्जन

किन भेटिन् किम कार्दाशियनले ट्रम्पलाई ?

अमेरिकाकी सेलेब्रिटी किम कार्दाशियन वेस्टले राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटेर एलिस मारी जोनसोनका लागि कैदमाफीको अनुरोध गरेकी छन् ।

जोनसोन विगत दुई दशकभन्दा बढी समयदेखि लागूऔषध कसूरमा जेलमा बसिरहेकी छन् ।

ट्रम्पका ज्वाईं ज्यारेड कुशनरले पनि यो मुद्दामा कार्दाशियनसँग महिनौंदेखि कुराकानी गरिरहेका छन् ।

जोनसोनका छोरीहरूले कार्दाशियन र ट्रम्पबीचको भेटघाटलाई पुष्टि गरेका छन् ।

ट्रम्पले पछि आफूहरूबीच ‘गजबको भेटघाट’ भएको ट्वीट गरे ।

कार्दाशियनले सामाजिक सञ्जालमा पोस्ट गरिएको छोटो भिडियो हेरेपछि जोनसोनको कथाप्रति ध्यान दिएकी हुन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.