मनोरन्जन

प्रचण्डको शरणमा पुगिन् “रेखा थापा”

चर्चित नायिका रेखा थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएकी छिन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्श अनुसार उनी राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने अन्तिम तयारीमा जुटेकी हुन् ।

तत्कालिन माओवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी रेखा केही दिनमै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्न लागेको स्रोतले बतायो ।

माओवादी त्यागेर कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी रेखा राप्रपा फुटेपछि पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेकी थिइन् ।

नेकपाका अध्यक्ष प्रचण्डसँगको भेटपछि उनी नेकपामा आउने मनस्थितिमा पुगेको स्रोतले बतायो । भेटमा प्रचण्डले राजनीतिमा स्थिर भएर बस्न रेखालाई आग्रह गरेका थिए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.