मनोरन्जन

जाली रुमाल खल्तीमा लिएर आए भिमसेन खतिवडा र राधीका ढकाल (हेर्नुहोस भिडियो)

महेश नेपाल, काठ्माण्डौ । लोकप्रीय सञ्चारकर्मी तथा गायक भिमसेन खतीवडाको लय शब्दमा रोमान्टीक लोक दोहोरी गित ”जाली रुमाल खल्तीमा” डिजिटल बजारमा आएको छ । नयाँ बर्ष २०७६ को शुभकामना सहित बैशाख १ गते गित Youtube मार्फत सार्वजनिक भएको हो ।

बिशुद्द मायाँ प्रेमको बिषयमा तयार भएको यस गितमा खतीवडालाई राधिका ढकालले स्वरमा साथ दिएकी छिन । गितको म्युजिक भिडियोमा पिएन सापकोटा र रिना थापाको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ।

मिलन श्रेष्ठको निर्देशन, दिनेश मुस्कानको छायांकन, रोशन धितालको सम्पादन र आमोस रानाको कोरियोग्राफीमा भिडियो दमदार बनेको देखिन्छ । मिलन फिलिम्स प्रोडक्सनको आधीकारीक youtube च्यानल मार्फत गित यतीबेला डिजिटल बजारमा छ ।

हेर्नुहोस भिडियो:

https://youtu.be/Uo2K8SNalY8

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.