मनोरन्जन

तिम्रो आँखाको लाइसेन्सको सफलता पछी बिष्णु थापा सरगमको तिम्रो नजरको बयान बजारमा

युएस नेपाल न्युज, काठ्माण्डौ । बर्दियाली युवा गायक बिष्णु थापा सरगमको गीत तिम्रो आखाको लाइसेन्स पछि फेरि अर्को उत्कृष्ट गीतको म्युजिक भिडियो सार्बजनिक भएकोछ तिम्रो नजरको बयान गर्न सक्छ कसले गीतको शब्द तथा स्वर बिष्णु थापा सरगमको रहेको छ ।

सङ्गीत कमल अधिकारी र एरेन्ज आशिष् अविरलको रहेको छ । काठमाडौंको HK स्टुडियोमा रेकर्ड भएको गीतको भिडियो धनगढी र डढेलधुराका खतरनाक र मनोरम ठाउहरुमा सुटिङ भएको हो । भिडियोमा बर्दिया कै मोडेल टेकेन्द्र शाही र जेनि सुनारले मोडलिङ गरेका छ्न भने निर्देशन पनि बर्दिया कै बिबश चौधरीले गरेका हुन ।

क्यामेरा र सम्पादनको काम दक्षिण भारत फिल्ममा काम गरि सकेका अनुभवी सतीश सिन्हाले गरेका हुन । जुन भिडियो CS films यु ट्युव च्यानलबाट सार्बजनिक गरीएको छ । गीत तथा भिडियो राम्रो बनेको छ । यसले अवस्य पनि केही हद सम्म सफलता पाउनेछ भन्ने दाबी गायक बिष्णु थापा सरगमको रहेको छ ।

हेर्नुहोस भिडियो:

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.