मनोरन्जन

अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९’ (भिडियो हेर्नुस् )

‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । बिहीबार भएको फाइनलमा उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

प्रतियोगिताको अन्तिम राउण्डमा छानिएका सात जनालाई पछि पार्दै अनुष्काले ‘मिस नेपाल २०१९’को उपाधि हात पार्न सफल भएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ड्र २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन् । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेत र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले हात पारेकी छन् । त्यस्तै यस पटक मिस नेपाल सुप्रानेशनल भनेर नयाँ उपाधि पनि थपिएकोमा उक्त ताज रोज लामाले पहिरिन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.