मनोरन्जन

बेहुला बन्दा यस्ता देखिए चर्चित पत्रकार रवी लामिछाने

चलचित्र विकास बोर्डकी पूर्व अध्यक्षसमेत रहेकी निकिता पौडेल र पत्रकार रवी लामिछानेले परम्परागत विवाहको कार्यक्रम आजको लागि तय भएको छ ।पत्रकार लामिछानेसँग यसअघि नै कानूनी विवाह गरिसकेकी पौडेलको आज परम्परागत रुपमा विवाह तय भएको थियो । गत माघ सात गते कानूनी रुपमा विवाह गरेका लामिछाने र पौडलले यसअघि नै वैशाखमा परम्परागत विवाह गर्ने बताएका थिए ।

उनीहरुको विवाह नगरकोटको होटल मिस्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा तय भएको हो । विवाहको कार्यक्रम साँझ पाँच बजेबाट शुरु भएको छ । अतिथिलाई होटलमा बस्ने र भोलि (शनिवार) ब्रेकफास्टको समेत व्ववस्था गरिएको छ । बिवाह कार्यक्रममा बोलाइएका पाहुनाका लागि वस्ने कोठा नम्बर समेत विवाहको कार्डमा नै उल्लेख गरिएको छ ।

निकितासँग कानूनी विवाह गर्नुपूर्व पत्रकार लामिछानेले पत्नी इशा श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेका थिए । निकिता पनि पतिसँग डिभोर्स गरेर बसेकी थिइन् ।पत्रकार लामिछानेसँग कानूनी विवाह गरेपछि पौडेलले चलचित्र विकास बोर्डको अध्यक्षबाट माघ २२ गते राजीनामा दिएकी थिइन् । व्यक्तिगत जीवनमा व्यस्त हुनेपर्ने भएका कारण आफूले बोर्डबाट राजीनामा दिएको उनले बताएकी थिइन् । कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि आफूले समय दिने उनले राजीनामा पत्रमा उल्लेख गरेकी थिइन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.