मनोरन्जन

करिष्माले गरिन् पार्टी परित्यागको घोषणा

अभिनेत्री करिष्मा मानन्धरले डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीमार्फत राजनीतिक यात्रा शुरु गरेकी थिइन् । उनले राष्ट्रमा नयाँ शक्तिको खाँचो भएको भन्दै राजनीति थालेकी थिइन् । तर, राजनीतिमा लागेको ४ वर्षपछि करिष्माले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

तत्कालीन नयाँ शक्तिकी नेतृ करिष्माले राजनीति छोडेको बताएकी हुन् । नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेत्तृत्वको संघीय समाजवादी फोरमबीच एकता भएपछि करिष्मा निष्क्रियजस्तै थिइन् । यसैबीच करिष्माले मौखिक रुपमा राजीनामा दिएको बताएकी छिन् । लिखित रुपमा भने राजीनामा दिन बाँकी रहेको उनले बताइन् ।

उनले व्यक्तिगत व्यस्तताका कारण राजनीतिदेखि टाढा हुने निर्णय गरेको जानकारी गराइन् । गत चैतमा एसईईको परीक्षा दिएर बसेकी करिष्मा राजनीतिक र सामाजिक विषयमा आफ्ना अभिव्यक्ति दिने गर्छिन् । पछिल्लो समय उनी फिल्म क्षेत्रबाट भने टाढा छिन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.