मनोरन्जन

‘मिम नेपाल’का प्रस्तोता गौतम प्रहरीको फन्दामा

वीर विक्रम–२ फिल्मबारेको अन्तरवार्ता र फिल्म समिक्षापछि विवादमा तानिएको युट्युब च्यानल मिम नेपालका प्रस्तोता प्रणेश गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न आदेश दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनको मुद्धाको अन्तिम फैसला नआउन्जेलसम्म हिरासतमै रहने जनाइएको छ । त्यस्तै, अदालतले उक्त च्यानलका सञ्चालक आदर्श मिश्रलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । मुद्धाको अन्तिम सुनुवाई भने अर्को साता हुने जनाइएको छ ।

प्रदर्शन अगाडि प्रचारका क्रममा फिल्मका दुई शीर्ष कलाकार वर्षा शिवाकोटी र नाजिर हुसेन मिम नेपालको च्यानलमा अन्तर्वार्ता दिन पुगेका थिए । उक्त अन्तर्वार्तामा कलाकारसँग प्रस्तुतकर्ताले निकै नै आक्रामक शैलीमा प्रश्न सोधेका थिए ।

त्यस्तै, सोही च्यानलबाट अपलोड गरिएको अर्को एक समीक्षा भिडियोमा चक्कुको प्रयोग गरेरै समीक्षा गरिएको थियो । अर्कोतिर समीक्षा गर्ने व्यक्तिले छाडा शब्दको प्रयोग गरेर भिडियो बनाएका छन् । मिम नेपालको यस्तो भिडियोले आफूलाई ठूलो क्षति पुगेको भन्दै फिल्मका निर्देशक चाम्सले मुद्दा दर्ता गराएका थिए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.