मनोरन्जन

‘नेपाल-अमेरिका चलचित्र महोत्सव’ : ‘फगुन हवे ’ उत्कृष्ट चलचित्र

मेरिल्याण्डमा हालै सम्पन्न भएको तेस्रो ‘नेपाल-अमेरिका चलचित्र महोत्सव’ मा तउक्वीर अहमद निर्देशित ‘फगुन हवे ’ ले उत्कृष्ट चलचित्रको उपाधि हात पारेको छ ।

नेपाल–अमेरिका फिल्म सोसाइटीको आयोजना सम्पन्न भएको महोत्सवमा युकी कांग निर्देशित फिल्म ‘अ लिटिल विस्डम’ ले उत्कृष्ट वृत्तचित्रको उपाधि जितेको छ भने चलचित्र ‘आर यु भलिबल’ नामक लघु चलचित्र उत्कृष्ट लघु चलचित्र घोषित भएको छ । उक्त लघु चलचित्रलाई इरानी निर्देशक मोहम्मद बोक्सीले निर्देशन गरेका हुन् ।

महोत्सवमा विभिन्न राष्ट्रका ३४ चलचित्रहरु प्रदर्शन गरिएको थियो । नेपाली निर्देशक मीनबहादुर भामको अध्यक्षतामा गठन भएको ३ सदस्यीय निर्णायक टिमले फिल्म छनोट गरेको थियो ।

यसै गरी स्पेशल मेन्सन विधामा ‘पोर ग्रेग डौनिङ’ र ‘टहरा’ ले पुरस्कार हात पारे । यस्तै ग्राण्ड जुरी अवार्डमा मनोजबाबु पन्तको फिल्म ‘अवशेष’ ले उपाधि जित्यो भने अविनाशविक्रम शाहको ‘तातिनी’ पनि पुरस्कृत भयो ।

नेपाली चलचित्र ‘बुलबुल’ को प्रदर्शन गर्दै शुरु गरिएको महोत्सवमा नेपाली फिल्म ‘कथा ७२’ प्रदर्शन गरेर समापन गरिएको थियो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.