मनोरन्जन साहित्य

नोबेल पुरस्कार बिजेता अमेरिकी साहित्यकार टोनी मोरिसनको निधन

नोबेल पुरस्कार विजेता अमेरिकी साहित्यकार टोनी मोरिसनको निधन भएको छ । ८८ वर्षको उमेरका उनकाे निधन भएकाे पारिवारीक स्राेतले जनाएकाे छ ।

पछिल्लो केही समयदेखि विरामी रहि अाएकी टाेनीले सन् १९९३ मा साहित्यका लागि नोबेल पुरस्कार जितेकी थिइन् । उनकाे जन्म फरवरी १८, १९३२ मा संयुक्त राज्य अमेरकामा भएकाे थियाे ।

साहित्यतर्फ नोबेल पुरस्कार जित्ने पहिलो अश्वेत महिलाका रूपमा चिनिने टाेनीका ११ उपन्यासमध्ये अधिकांश लोकप्रिय छन्। उनकाे पहिलो उपन्यास ‘द ब्लुएस्ट आई’ सन् १९७० मा प्रकाशित भएको थिया । त्यस्तै उनकाे सन् १९८७ मा प्रकाशित कृति ‘बिलभेड’ सबैभन्दा चर्चित कृति हो । उनकाे यसै कृतिले नाेबेल पुरस्कार जितेकाे थियाे ।

भागेकी महिला दासको विषयमा लेखिएको उपन्यासमा फिल्म पनि बनेको छ । सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोरिसनलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’द्धारा सम्मान गर्नु भएको थियो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.