मनोरन्जन

प्रवल गुरुङको प्रश्न: अमेरिका कसको हो ?

फूलको ताज र सुन्दरी प्रतियोगितामा प्रयोग हुने स्यासहरुमार्फत् प्रवल गुरुङले एउटा आधारभूत प्रश्न सोधेका छन् ः अमेरिकी हुन पाउने अधिकार कस कसलाई छ ?

आइतबारको गुरुङको ‘न्यु योर्क फेसन वीक’को शोमा मोडलहरु विश्वको झण्डासहितको बकेट लिएर हिाडिरहेका थिए । प्रवलले आफ्नो शोमा विभिन्न जातजाति, नश्ल, मोटो शरीर भएका मोडल, लिङ्ग स्पष्ट नहुनेका साथ साथै सबै रङका मोडलहरु समेटेका थिए ।

उनले अमेरिकी फेसनका केही मानकहरु जस्तो काउब्वाई बुटसमेत शोको प्रस्तुतीमा राखेका थिए । शोमामा जिन्स, स्पोर्टवेयर र ठूल्ठूला रंगिन गाउनहरु पनि समावेश भएका थिए ।

नेपाली–अमेरिकी प्रवल गुरुङ आफूले प्रयोग गर्ने कपडाको ८० देखि ९० प्रतिशत न्युयोर्कको उनकै घरमै निर्माण गर्छन् ।

‘म अमेरिका कस्तो देखिन्छ र अमेरिका कसको हो भन्ने विचार जान्न चाहन्थें । म यहाँ झण्डै २० वर्ष अघि आएको आप्रवासी हुँ । म यहाँ आशा र सम्भावनाको सपनालाई पछ्याउन आएको थिएँ,’ स्टेजपछाडि समाचार एजेन्सी एपीसँग कुरा गर्दै प्रवलले भने, ‘म आफैले अमेरिकी अर्थतन्त्रमा योगदान गर्न सक्षम भइरहेको छु ।’

गुरुङले हालसालै आफू एक भेटघाटमा हुदाँको कुराकानी स्मरण गरे जहाँ उनले आफूले नयाँ अमेरिकालाई परिभाषित गर्न चाहेको उल्लेख गर्दा कोठामै रहेको अर्को व्यक्तिले चुनौती दिन्दै भनेका थिए ,‘तर तपाईं आफै अमेरिकीजस्तो देखिनुहुन्न ।’

त्यस भनाईबारे प्रवलले भने, ‘त्यसमार्फत उनले के भन्न खोजेका थिए प्रष्ट थियो ।’


त्यसपछि उनले ‘अमेरिकी हुनुको अर्थ के हो’ भन्ने बारेमा सोच्न थाले । ‘मेरो लागि अमेरिका भनेको सम्पूर्ण कुराको योग हो । अमेरिका मेरो लागि ती प्रत्येक व्यक्ति सँगसँगै अघि आउनु हो । ,र म खासमा त्यही अमेरिकाको लागि आएको थिएँ ,’ उनले भने ।

सन् २०२० स्प्रिङमा प्रयोग हुने पहिरनको फेसन शोको अन्त्यमा स्यास लगाएका मोडलहरु प्रस्तुत गरिएको थियो जसले लगाएको स्यासमा उनको प्रश्न लेखिएको थियो – अमेरिकी हुन कसले पाउँछ ?

पहिरनमा फूलका बुट्टाको प्रधानता थियो । त्यसमा पनि विशेष गुलाफ धेरै थिए ।

‘यो मेरो सबैभन्दा मनपर्ने फूल हो । साथै गुलाफ अमेरिकाको राष्ट्रिय फूल पनि हो,’ गुरुङले भने ।

मोडलहरु फूलको ताज लगाएका थिए र तिनले ढालो र बकेटहरुमा फूलका गुच्छा बोकेका थिए । यस्तो लाग्थ्यो फूलले ‘अमेरिकामा यस संसारका विभिन्न प्रकारका मानिसलाई स्वागत गरिरहेका छन् ।’

उनले स्यासदेखि उनको विशेष गाउनदेखि लिएर पुरुष ट्राउजर र सर्टसम्म प्याजी, रातो र पहेँलो फूलहरु राखेका थिए । उनका धेरै जस्तो पहिरनमा एउटा आशायुक्त चमक थियो । केही पहिरन हल्का प्वाखले सजाइएका थिए ।

तर सबैमा फूल मात्रभने थिएनन् । उनको एउटा बाहुला नभएको पहिरनमा हरियो, प्याजी, गुलापी र पहेँलो वर्ग र त्रिकोणका चित्र थिए ।

‘टी–सर्ट र जिन्सबीच एउटा व्यवहारिकता देखिन्छ । साँझको पहिरनमा काल्पनिक र सुन्दर आकर्षण हुन्छ,’ गुरुङले भने ,‘ म यी पक्षलाई जोड्न चाहन्थे र त्यसमार्फत प्रश्न गर्न चाहन्थे –यो देश कसको हो ?

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.