मनोरन्जन

दिनेश भण्डारी ‘सागर’ र गितादेबीको “सरर मिनिबसैमा” बोलको गित चर्चामा

काठमाडौं । गायक दिनेश भण्डारी (सागर) र लोकप्रीय गायिका गितादेबीको सुमधुर आवाजमा “सरर मिनिबसैमा” बोलको गित सार्वजनिक भएको छ।

दिनेश भण्डारी (सागर)को लय शब्दमा गित तयार भएको हो । संगित सरोबर डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतमा सुफिक्स मदनले संगीत संयोजन गरेका हुन्। गितले छोटो समयमानै दर्शक श्रोताको मन जित्न सफल भएको पाईएको छ ।

नारायण मगरको निर्देशन रहेको उक्त भिडियोमा दिनेश भण्डारी (सागर) / जुना दाहाल / सुवराज श्रेष्ठ / अर्जुन दुम्जालीको अभिनय देख्न सकिन्छ। सुमन तामाङले छायांकन गरेको भिडियोलाई सुमन तामाङ आफैले सम्पादन र कलर गरेका हुन् । मिलन फिल्मस् प्रोडक्सन प्रा.लि.को आधीकारीक युटुब च्यानल मार्फत गित हेर्न सकीन्छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.