खेल

झापा गोल्डकप प्रतियोगिता सुरु

सुरुङ्गा (झापा), १८ चैत । मोफसलकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता आजदेखि झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सुरु भएको छ ।

रु छ लाख पुरस्कार राशि भएको उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले गर्नुभयो । उद्घाटन खेलमा भारतको साङ्ली डिस्ट्रिक फुटबल एसोसिएसन क्लब मुम्बइलाई ९–० को भारी गोल अन्तरले पराजित गर्दै झापा ११ ले विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा कर्ण लिम्बूले पाँच गोलसहित ह्याट्रिक गरेका छन् । खेल सुरु भएलगत्तै गोल गर्न सुरु गरेको झापा ११ का खेलाडी लिम्बूसहित सुमिन मैनाली, योगेश गुरुङ, सन्जोग राई र नरेन्द्र लिम्बूले एक÷एक गोल गरेका थिए ।

चैत २७ गतेसम्म सञ्चालन गरिने प्रतियोगितामा भारतका दुईवटा ए डिभिजन टिमसहित नेपालका आठ वटा टिमको सहभागिता रहेको झापा ११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।

जसमा आयोजक झापा ११ सहित भारतको साङ्ली डिस्ट्रिक फुटबल एसोसिएसन क्लब मुम्बइ, कास्की ११, एपिएफ काठमाडौँ, रुस्लान थ्रीस्टार क्लब, त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरी, गोरखा ब्वाइज भारत, लक्ष्मी हुन्डाइ मनाङ र रुपन्देही ११ रहेका छन् ।

प्रतियोगिता सम्पन्न गर्न रु ५५ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको उपविजेता टिमले रु तीन लाख पाउने आयोजक समितिका अध्यक्ष होम पाण्डेले जानकारी दिनुभयो

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.