खेल

रिओ ओलम्पिकमा ७२ देशले जिते पदक, नेपाल भने पदक विहिन

download

रियो दि जेनेरेरिया, साउन ३२– ब्राजिलमा जारी ओलम्पिक प्रतियोगितामा ११ औं दिनको खेल चल्दैगर्दा अमेरिका २६ स्वर्ण पदक सहित शीर्ष स्थानमा रहेको छ । अमेरिकाले २६ स्वर्णसहित २३ रचत र २६ कास्य गरी कूल ७५ पदक जितेको छ । यस्तै चीनलाई पछि पार्दै ग्रेट ब्रिटेन दोस्रो स्थानमा रहेको छ ।

ब्रिटेनले १६ स्वर्ण, १७ रजत र ८ कास्य गरी कूल ४१ पदक जितेको छ । यस्तै चीनले कुल पदक ४६ ओटा जितेपछि स्वर्ण संख्यामा ब्रिटेन भन्दा पछि पर्दै तेस्रो स्थानमा रहेको हो । चीनले १५ स्वर्णसहित १४ रजत र १७ कास्य गरी कूल ४६ पदक जितेको छ ।

यस्तै पदक तालिकामा रसिया चौथो, इटाली पाँचौ, जर्मनी छैटौं, फ्रान्स सातौं , जापान आठौं, अष्ट्रेलिया नवौं र दक्षिण कोरिया दशौं स्थानमा रहेको छ । हालसम्म प्रतियोगितामा ७२ देशले पदक जितेका छन् ।

तर नेपाल भने अहिलेसम्म पदक विहिन रहेको छ।