खेल

रियल मड्रिड बराबरीमा रोकियो, रेकर्ड तोड्न चुक्यो बार्सिलोनाको

६ असोजreal-madrid, काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग बराबरीमा रोकिएको छ । र, लिगमा लगातार १७ जित जित हात पार्दै चिरप्रतिद्वन्द्वी बार्सिलोनाले बनाएको रेकर्ड तोड्ने मौका गुमाएको छ । बुधबार राति भएको खेलमा भिल्लारियलले रियल मड्रिडलाई १–१ को बराबरीमा रोकेको हो । रियलको घरेलु मैदानमा भएको खेलमा भिल्लारियलले पहिलो हाफको अन्तिममा पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

तर, दोस्रो हाफको ४८ औं मिनेटमा सर्जिओ रामोसले घरेलु टोलीका लागि बराबरी गोल गरे । दोस्रो हाफमा जिदानको टोलीले भिल्लारियलमाथि लगातार दबाब गोल गर्न सकेन र जितको यात्रामा पूर्णविराम लागेको छ ।

लगातार १६ खेलमा जित हात पार्दै रियल मड्रिडले पेप ग्वार्डिओलाको नेतृत्वमा बार्सिलोनाले २०१०÷११ सिजनमा बनाएको रेकर्ड भने बराबरी गरिसकेको छ । यो रेकर्ड तोड्न नसकेपनि रियल लिगको शीर्ष स्थानमा कायमै छ र बार्सिलोनाभन्दा ३ अंकले अगाडि छ ।खेलका क्रममा रियल मड्रिडका सामोस भिलेन र हिरो दुबै बने, यस्तो धेरै खेलाडीको हकमा हुँदैन् ।

पहिलो हाफको निर्धारित समय सकिसकेको थियो र, थपिएको समयमा विवक्षी खेलाडीले हानेको बल रामोसले हातले रोक्न पुगे । अघिल्लो खेलमा पनि उनको ह्याण्ड भएको थियो, तर रेफ्रीले नदेखेका कारण उनी बचे । यो पटक पेनाल्टी दिइयो र ब्रुनोले सहज गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए ।

रियलले खेलेको पछिल्लो सात खेलको यो तेस्रो पेनाल्टी हो, जसमा रोमास जोडिएका छन् ।तर, खेलको दोस्रो हाफको सुरु नै रोमास भिलेनबाट हिरो बने । उनले नै बराबरी गोल फर्काए । रियलको फ्रन्टलाइन गोल गर्न असफल भइरहेका बेला रामोसकै गोलका कारण रियल मड्रिड हारबाट जोगिएको छ ।