खेल

एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार आयोजित साधारणसभामा निकटतम प्रतिद्वन्द्वी कर्मा छिरिङ शेर्पालाई पाँच मतले पछि पार्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ प्यानलकै मणि कुँवर निर्वाचित भएका छन् । निर्वाचित कुँवरले ३४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी शेर्पा प्यानलका दिपक खातीको पक्षमा २५ मत परेको छ ।

नवनिर्वाचित श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा निर्वाचित कुँवर एन्फाका पूर्वअध्यक्ष गणेश थापा पक्षधर मानिन्छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले लोकतान्त्रिक प्रक्रियामा हार जित स्वाभाविक भएको भन्दै सबैलाई मिलाएर अघि बढ्ने बताए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.