खेल

सर्वाधिक खेलको कीर्तिमान बराबरी गरे बुफोनले

इटालीका अनुभवी गोलरक्षक जियानलुडगी बुफोनले अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक खेल खेल्ने स्पेनका गोलरक्षक इकर कासिलासको कीतिमानलाई बराबरी गरेका छन् ।
३८ वर्षीय बुफोनले विश्व च्याम्पियन जर्मनीविरुद्ध मंगलबार राती मिलानमा गोलरहित बराबरीमा खेलिएको खेलमा स्पेनिस गोलरक्षक कासिलासको १ सय ६७ खेल खेल्ने कीर्तिमानलाई बराबरी गरेका हुन ।
४७ मिनेट मैदानमा देखिएका बुफोनले जर्मनीको केहि उत्कृष्ट प्रहारलाई रोकेका थिए । उनको स्थानमा एसी मिलानका १७ वर्षीय युवा गोलरक्षक जियानलुइगी डोनारुमा मैदानमा प्रवेश गरेका थिए ।
बुफोनले सन् २०१८ को विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषण गरीसकेका छन्। २०वर्ष इटालीको गोलपोष्ट सम्हालेका बुफोनले४० वर्षको उमेरमा सन्यास लिने मन बनाएका छन्।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.