खेल

आइसिसीको कारबाहिमा भारत , पाकिस्तानलाई फाइदा

९,मङ्सिर । आइसिसी महिला च्याम्पियनसिप अन्तर्गत पाकिस्तानसँगको खेल नखेल्ने निर्णय भारतका लागि घातक बनेको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले पाकिस्तानी महिला क्रिकेट टिमसँग नखेल्ने निर्णय गरेको भारतीय टिमलाई कुनै अंक नदिने र सबै अंक पाकिस्तानलाई दिने निर्णय गरेको छ ।आइसिसी महिला च्याम्पियनसिपमा भारतले पाकिस्तानसँग तीन खेल खेल्नु पर्ने थियो। तर भारतले काश्मिरको विषयलाई लिएर उत्पन्न तनावका कारण पाकिस्तानसँग नखेल्ने निर्णय गरेको हो । आइसिसीको बुधबार बसेको प्राविधिक कमिटिको बैठकले तीन नै खेल नखेलेको भारतको शून्य रन मानेर पाकिस्तानलाई अंक दिने निर्णय गरेको हो ।आइसिसीले भारतीय क्रिकेट बोर्ड र पाकिस्तान क्रिकेट बोर्डलाई चिठ्ठी लेखेर यसबारे जानकारी दिएको छ । भारत र पाकिस्तानबिच महिला च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत तीन खेल खेल्नु पर्नेमा खेलेको छैन ।पाकिस्तानले हरेक खेलको दुई अंक पाउने छ । भारत र पाकिस्तान बिच गएको अगस्ट एक र अक्टोबर ३१ मा हुने तय भएको खेल पनि भएको छैन । ८ देश सहभागी प्रतियोगिताको उपाधि २१ खेलबाट ३६ अंक जोडेको अस्ट्रेलियाले जितेको छ ।यस्तै २१ खेलबाट २९ अंक जोडेको इंग्ल्याण्ड दोस्रो भयो । २६ अंक जोडेकोन्युजिल्याण्ड तेस्रो, २२ अंक जोडेको वेष्ट इन्डिज चौथो तथा १८ खेलबाट १९ अंक जोडेको भारत पाँचौं, २१ खेलबाट १७ अंक जोडेको दक्षिण अफ्रिका छैटौं, १८ खेलबाट ८ अंक जोडेको पाकिस्तान सातौं तथा २१ खेलबाट पाँच अंक जोडेको श्रीलंका पुछारमा छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.