खेल

ब्राजिलका फुटबल खेलाडी सवार विमान दुर्घटना

१४,मङ्सिर । ब्राजिलका फुटबल खेलाडीहरु सवार एउटा विमान कोलम्बियामा दुर्घटना भएको छ ।अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ब्राजिलको एउटा स्थानीय फुटबल क्लवका खेलाडी सवार विमान कोलम्बियाको मेडलिनमा दुर्घटना भएको हो ।

ब्राजिलको चापेकोन्से रियल फुटबल टिमका सदस्यहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा भएको मानवीय क्षतिको पूर्ण विवरण प्रकाशमा आउन बाँकी नै रहे पनि केही संचारमाध्यमले घाइते अवस्थामा २० जनाको उद्धार गरिएको जनाएका छन् ।यद्यपि आधिकारिक रुपमा मानवीय क्षतिको विवरण आउन बाँकी नै छ ।

कोलम्बियन अधिकारीहरुका अनुसार उद्धारका लागि टोली परिचालन गरिएको छ ।अधिकारीहरुका अनुसार चार्टर गरिएको सो विमानमा फुटबल खेलाडीसहित ८१ जना सवार थिए । सुडामेरिकन क्लव कपमा प्रतिश्पर्धा गर्न गएको ब्राजिलयन क्लवको टोली दुर्घटनामा परेको हो ।

दुर्घटनालगत्तै फाइनल म्याच रद्द गरिएको छ ।कोलम्बियाका अधिकारीहरुका अनुसार इन्धन सकिएको कारण विमान दुर्घटना भएको प्रारम्भिकअनुसन्धानबाट खुलेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.