खेल

बार्सिलोना –रियल मड्रिड बराबर, मेस्सी र रोनाल्डोले गोल गर्न सकेनन्।

१९ मंसिर। यस सिजनको पहिलो इएल क्लासिको भिडन्त बार्सिलोनाको घरेलु मौदान नोउ क्याम्पमा भएको खेल विश्व क्लब फुटबलमा निकै रोचक भिडन्त मानिने इएल क्लासिको अर्थात बार्सिलेना र रियल मड्रिडबीचको खेल बराबरीमा सकिएको छ । इएल क्लासिको भिडन्त एक–एक गोलको बराबरीमा सकिएको हो। इएल क्लासिकोमा लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोले गोल गर्न सकेनन् ।
निकै नै रोमाञ्चक प्रतिस्पधात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफको ५३औं मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। स्वारेजले नेयमारको फ्रि–किकलाई हेडमार्फत गोल गरेका थिए। त्यसपछि पनि बार्सिलोनाले गोलको केहि सुन्दर मैका सिर्जना गरेपनि गोल गर्न भने सकेन। बार्सिलोना जितकै नजिक पुगेको थियो तर रियलका कप्तान सर्जियो रामोसले गोल गर्दौ बार्सिलोनालाई बराबरीमा रोके। ९०औं मिनेटमा सर्जियो रामोसले लुका मोड्रिकको फ्रि–किक प्रहारमा हेडमार्फत नै बराबरी गोल र्फकाउँदै हारबाट जोगाए। यसअघि रियलले पनि बार्सिलोना विरुद्ध गोल गर्ने सुन्दर मौका गुमाएको थियो। रियलका रोनाल्डोले दुई सुन्दर मौकालाई गोलमा परिणत गर्न सकेनन् भने यता बार्सिलोनाका नेयमार र मेस्सीले पनि गोलका सुन्दर मौकाहरु चुकाएका थिए। बार्सिलोनालाई बराबरीमा रोकेपछि रियलले आफ्नो अपराजित यात्रा ३३औं खेलसम्म पु्याएको छ ।
यो स्पेनिरस क्लब फुटबलमा यति धेरै खेलसम्म अपराजित रहने रियल पहिलो टिम समेत बनेको छ। बार्सिलोना भने लिगका पछिल्ला तीन खेलमा जितविहिन छ। तनावग्रस्त देखिएको खेलमा बार्सिलोनाका नेयमारसहित ६ खेलाडिले पहेँले कार्ड पाएका थिए । नेयमार आउँदो शनिबार हुने ओसासुनासँगको खेलमा खेल्न पाउने छैनन्। बराबरीपछि पनि रियलले बार्सिलोनाविरुद्ध ६ अंकको अग्रता लिएको छ । स्पेनिस ला लिगामा १४ खेल सकिँदा रियल ३४ अंकसहित शीर्षस्थानमा छ। समान खेलबाट २८ अंक सहित बार्सिलोना दोस्रो स्थानमा छ । ला लिगा अन्तर्गत राति भएका अन्य खेलमा एथ्लेटिको मड्रिड स्पानियोलसँग तथा भिल्लारियल लेगानेससँग गोलरहित बराबरीमा रोकियो। यस्तै ग्रानाडाले सेभिल्लालाई २–१ ले हरायो । ग्रानडासँग पराजित भएको सेभिल्लाले दोस्रो स्थानमा उक्लने मौका गुमायो।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.