खेल

म्यान्चेष्टर सिटी माथि चेल्सीको सानदार जित।

१९ मंसिर। इङ्लिस प्रिमियर लिग अन्तर्गत सिजनको पहिलो लिगमा म्यान्चेष्टर सिटी माथि चेल्सीले सानदार जित हातपार्दै अंक तालिकामा आफ्नो पहिलो स्थानलाई कायमै राखेको छ।
म्यान्चेष्टर सिटीको आफ्नै घरेलु मैदान ईत्तिहाद स्टेडियममा भएको खेलमा चेल्सीले सिटीमाथि ३–१को नतिजा निकालेको छ। निकै नै रोमाञ्चक प्रतिस्पधात्मक बनेको खेलको पहिलो हाफको अन्त्यमा चेल्सीका ग्यारी हिलले आत्माघाती गोल गरेपछि सिटिले १–० गोल अन्तरले अग्रता लिएको थियो। तर दोस्रो हाफमा भने चेल्सीले उक्त अग्रतालाई उल्टाउँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो। खेलको ६०औं मिनेटमा डिएगो कोष्टाले फाब्रिगासको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसको १० मिनेट पछि नै विलियनले गोल गर्दै अग्रता दोब्बर पारे। ६ मिनेट थपिएको अतिरिक्त समयको सुरुमै ईडेन हजार्डले गोल गर्दै चेल्सीलाई ३–१को सहज जित दिलाए।
अतिरिक्त समयमा निकै तवानपूर्ण रहेको खेलमा सर्जियो अग्युरो र फर्नान्डिन्होले रातोकार्ड पाएका थिए। खेलमा भएको तनावपुर्ण अवस्था प्रति सिटिका कोच पोप ग्वार्डिवालाले आफ्नो टोलीबाट हुन गएको तनावपूर्ण अवस्था प्रति माफी मागेका थिए।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.