खेल

कोस्टाको निर्णायक गोलपछि चेल्सी पुनःशीर्ष स्थानमा।

२७ मंसिर। प्रिमियर लिगको आइतबार राति घरेलु मैदानमा सम्पन्न खेलमा डियगो कोस्टाले निर्णायक गोल गरेपछि चेल्सीले जित हासिल गर्दै लिगको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।चेल्सीले वेस्ट ब्रिमविच एल्बिओनलाइए १–० गोलअन्तरले पराजित गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। खेलको ७६औं मिनेटमा डियगो कोस्टाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। कोस्टाको उक्त गोल नै खेलेको निर्णायक गोल बन्न पुग्यो र खेल चेल्सीले जित्न सफल भयो।
आइतबार राति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनह्याम हटस्पुरलाई १–० गोलअन्तरले पराजित गरेको छ। युनाइटेडलाई जित दिलाउने क्रममा खेलको एक मात्र गोल हेन्रिक खितार्यानले गरेका थिए। उनले खेलको २९औं मिनेटमा गोल गरेका थिए। त्यसपछि थप गोल हुन सकेन र खेल युनाइटेडले १–० ले जित्यो ।यस्तै आफ्नै घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वेस्ट ह्यामसँग २–२ गोलको बराबरी खेलेको छ। पाचौँ मिनेटमा गोल गर्दै एडम लाल्लानाले लिभरपुललाइ अग्रता दिलाए। खेलको २७औं मिनेटमा दिमित्रि पायटले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ३९औं मिनेटमा गोल गरेपछि लिभरपुल पछि पर्यो।
पहिलो हाफमा २–१ ले पछि परेको लिभरपुलले दोस्रो हाफको तेस्रो मिनेटमा नै गोल गर्दै खेलको बराबरीमा ल्याउन सफल भयो। लिभरपुलका लागि डिभोक ओरिजिले गोल गरेका थिए। त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमा टुंगियो। त्यस्तै अर्को खेलमा साउथह्याम्टनलाई मिडल्सवर्ग विरुद्ध जित दिलाउने क्रममा खेलको ५३औं मिनेटमा १ मात्र गोल सोफियने बोउफलले गरेका थिए।
चेल्सी १५ खेलपछि ३७ अंक ल्याइ अंकतालिकाको शीर्ष स्थानमा, आर्सनल ३४ अंकसहित दोस्रो स्थानमा,लिभरपुल ३१ अंकका साथ तोस्रो स्थानमा छ। भने म्यानचेस्टर युनाइटेड र टोटेनह्याम क्रमश ३० र २७ अंकका साथ चौथो र पाचौँ स्थानमा रहेका छन्।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.