खेल

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते बालोन डि’ओर।

मंसिर २८। रियल मड्रिड तथा पोचुगलका स्टार  स्ट्राइकर क्रिष्यिाने रोनाल्डोले अर्का खेलाडि लिओनल मेस्सीलाई पछि पादै प्रतिष्ठित बालोन डि‘ओर अबार्ड जितेका छन्।
बार्सिलोना तथा अर्जेन्टिनाका   स्ट्राइकर मेस्सी दोस्रो र फ्रान्सका एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यो अवार्डका लागी ३० फुटबलर सुरुवाति मनोनयनमा परेका थिए।
३१ बर्षे रोनाल्डोको योसँगै बालोन डि’ओर अवाड चार पटक जितेका छन्। उनले २००८,२०१३,२०१४ र यो बर्ष जिते मेस्सीले भने, २००९,२०१०,२०११,२०१२,र २०१५ गरि पाँच पटक जीतेका छन्।
अवार्ड जीते पश्चात रोनाल्डोले भने “मैले चौथो पटक यो सुनैले बल जित्छु भनेर सोचेको थिइँन,म निकै खुसी छु, रोनाल्डोले भनेका छन्। गत वर्ष रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका रोनाल्डोले पोर्चुगललाई युरो कप जिताए । यससँगै बालोन डि’ओरका लागि उनलाई प्रमुख दावेदारका रुपमा हेरिएको थियो। पछिल्लो ६ वर्ष यो फिफा र फ्रान्स फुटबल मिलेर प्रदान गरिएको थियो। तर,यो वर्षबाट खेलाडी अवार्ड प्रदान गर्ने भएको छ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.