खेल

ग्रानाडा माथि रियलको शानदार जित,रियलले नयाँ रेकर्ड।

२४ पौष। स्पेनिस प्रिमियर लिग अन्तरर्गत शनिाबार भएको खेलमा रियल मड्रिडले ग्रानाडा माथि सानदार जित निकाल्दै अंकतालिकामा शिर्ष स्थानलाई कायम नै राखेको छ। रियल मड्रिडको आफ्नै घरेलु मैदानमा भएको खेलमा ग्रानाडा माथि ५–० को नतिजा निकालेको छ।
खेल अबधिमा अधिकास समय बललाई आफ्नो कब्जामा लिएको मड्रिडले पहिलो हाफमा चार गोल गर्ने क्रममा १२ औ मिनेटकमा इस्को को गोलबाट अग्रता लिएको थियो। पहिलो २१ औ मिनेटमा बेन्जेमाले अग्रता दोब्बर पारे भने २७ मिनेटमा क्रिष्टियानो रोनाल्डोले उत्कृष्ट हेडगोल गदै खेललाइ ३–० को अग्रता दिलाए त्यसको चार मिनेट पछि नै इस्कोले व्यक्त्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा मड्रिडलाई ४–० को बलियो स्थितिमा पुर्याए। खेल दोस्रो हाफमा केहि प्रतिस्पर्धात्मक बनेको थियो। तर ग्रानाडाका तर्फबाट कुनै गोल हुन सकेन। रियलका सेस्मिरोले ५८ औ मिनेटमा एक गोल गदै रियललाई ५–० को फराकिलो गोल अन्तरले जिताए। जित पश्चात रियल मड्रिड १६ खेलबाट ४० अंक बनाउदै तालिकामा शिर्ष स्थानमा छ भने समान खेल खेलेको बार्सिलोना स्पष्ट ६ अंकले पछि पदै दोस्रो स्थानमा छ।
यो जितसँगै रियल मड्रिडले लगातार ३९ खेल सम्म नहारे बार्सिलोना सँगको रेकर्ड सँग बराबर गरेको छ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.