खेल

युरोपा लिगमा म्यान्चेस्टर युनाईटेड विजयी

काठमाडौं। युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड विजयी भएको छ।

राउण्ड अफ थर्टीटु अन्तर्गत पहिलो लेगको खेलमा म्यान्चेस्टर युनाईटेडले फ्रान्सको सेन्ट इटिनीलाई ३–० ले हरायो।
खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन ज्लातन ईब्राहिमोभिचले ह्याट्रिक गरेका थिए।

अर्को इंग्लिश क्लव टोटनह्याम हट्सपर भने गएराति पराजित भयो ।

टोटनह्यामलाई बेल्जियमको गेन्कले १–० ले हराएको हो । युरोपा लिगका अन्य खेलहरुमा फ्रान्सको लियोंले नेदरल्याण्ड्सको अल्कमारलाई ४–१ ले पराजित गर्दा स्पेनको एथ्लेटिक बिल्बाओ, टर्कीको बेसिक्टास, ईटालीको फियोरेन्टीना र युक्रेनको शख्तर पनि विजयी भएका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.