खेल

एभर्टन युरोपा लिग फुटबलको समूह चरणमा

इङ्लिस फुटबल क्लव एभर्टन युरोपा लिग फुटबलको समूह चरणमा प्रवेश गरेको छ ।

छनोट चरणको अन्तिम खेलमा क्रोएसियाको हाज्दुक स्प्लीटलाई पाखा लगाउँदै एभर्टनले समूह चरणमा ठाउँ बनाएको हो ।

हाज्दुक विरुद्ध विहीबार राति भएको दोस्रो लेगको खेल १-१ गोलको बराबरीमा सकियो ।

घरेलु टोलीका रादोसेभिचले पहिलो गोल गरे पनि एभर्टनका नयाँ खेलाडी जिल्फी सिगुर्डसनले ५० यार्ड टाढाबाट आकर्षक गोल गर्दै खेल बराबरी गरेका हुन् ।

पहिलो लेगमा २÷० ले विजयी भएको एभर्टनले समग्रमा खेल ३-१ ले आफ्नो पक्षमा पारेको हो ।

युरोपा लिग छनोट चरणका अन्य खेलमा विजयी हुँदै नर्वेको रोजेनवर्ग, युक्रेनको डाईनामो किभ, रोमानियाको बाते बोरीसोभ र रुसको जेनिथ पनि समुह चरणमा पुगेका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.