खेल

च्याम्पियन्स लिग सेमिफाइनल: लिभरपुल र रोमा तथा रियल र बायर्न म्युनिख भिड्ने

च्याम्पियन्स लिग फुटबलको सेमीफाइनल ड्र सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको ड्रअनुसार इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब रोमाको सामना गर्ने भएको छ भने दोस्रो सेमीफाइनलमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखलाई प्रतिद्वन्दी पाएको छ।

क्वार्टरफाइनलमा म्यान्चेस्टर सिटीलाई समग्रमा ५–१ ले पाखा लगाउँदै लिभरपुल अन्तिम ४ मा प्रवेश गरेको थियो। उसले फाइनल प्रवेशका लागि रोमासँग आफ्नै घरेलु मैदानमा अप्रिल २४ मा पहिलो लेगको खेल खेल्नेछ। दोस्रो लेगको खेल भने आगामि मे २ मा हुनेछ।

रियल र बायर्न म्युनिखबिचको पहिलो लेग अप्रिल २६ तथा दोस्रो लेगको खेल मे २ मा हुने तालिका छ। प्रतियोगिताको उपाधि भिडन्त युक्रेनको किभमा आगामि मे २६ मा हुनेछ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.