खेल भर्खरै

साउदी अरेबियामा भएको फाइनल खेलमा युभेन्ट्सलाई हराउँदै लाजियोले जित्यो सुपर कप उपाधि

काठमाडौं, ७ पुस । लाजियोले यस सिजनको इटालियन सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा लाजियोले इटालियन जायन्ट युभेन्टसलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको हो । इन्ज्युरी समयको तेस्रो मिनेटमा युभेन्ट्सका रोड्रिगो बेन्टानकर रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्ट्स दश खेलाडीमा सिमित रहेको थियो ।

साउदी अरेबियास्थित किङ साउद युनिभर्सिटी स्टेडियममा भएको खेलको १६औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । त्यस्तै लाजियोलाई उपाधि दिलाउन सेनाद लुलिक र डानिलो काटाल्डीले गोल गरे ।

पहिललो हाफको इन्जुरी समयमा पाउलो डिबलले युभेन्ट्सका लागि बराबरी गोल फर्काए । ७३औं मिनेटमा सेनादले गोल गर्दै लाजियोलाई २-१ को अग्रता दिलाए । त्यसपछि डानिलो काटाल्डीले गोल गर्दै लाजियोलाई ३-१ को जित दिलाए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.