भर्खरै

महिला सिटमा बस्ने ३४५ जना नियन्त्रणमा

 

काठमाडौँ, ४ पुस । सार्वजनिक यातायातमा महिलालाई आरक्षित स्थानमा बस्ने ३४५ पुरुषलाई ट्राफिक प्रहरीले दुई घन्टा नियन्त्रणमा राखेको छ ।

बिहान ९ बजेदेखि ११ बजेसम्म सञ्चालन गरेको सो अभियानमा बौद्ध, थापाथली, थानकोट, विमानस्थल, कमलपोखरीजस्ता स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक वसन्त पन्तले महिलालाई आरक्षित ठाउँमा बस्ने पुरुषलाई नियन्त्रणमा लिएर ट्राफिक सचेतना दिएर छाडिएको बताउनुभयो ।

कतिपय अवस्थामा अन्जानमै पुरुष महिला सिटमा बस्ने र कतिपय अवस्थामा जानीजानी नै बस्ने गरेकाले उनीहरूलाई पर्याप्त जानकारी दिने र आगामी दिनमा यस्ता कुरामा सचेत गराउने उद्देश्य सो अभियानको रहेको उहाँले जानकारी दिनुभयो ।काठमाडाँै उपत्यकाका २५ स्थानमा जाँच गरिएको थियो । नियन्त्रणमा लिइएका पुरुषलाई नजिकैको प्रहरी चौकीमा लगेर सचेतना कक्षा दिइएको थियो ।यस कार्यबाट सडक अनुशासन र सडक सुरक्षा कायम हुने अपेक्षा आफूहरूले लिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– “यो अभियानलाई निरन्तरता दिइने छ ।” रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.