भर्खरै

हिमपातले मुक्तिनाथ सुनसान

मुस्ताङ,५पुस। भारी हिमपातका कारण मुक्तिनाथ सुनसान बनेको छ ।

जोमसोमदेखि तीर्थस्थल मुक्तिनाथसम्म जाने सडक र पैदल मार्गमा हिउँ जमेकाले भक्तजन जान सकेका छैनन् । मङ्गलबारदेखि छेउछाउका सर्वसाधारणबाहेक कोही पनि आउन नसकेको मन्दिरका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

जोखिम मोलेर हिँड्न सक्ने मात्र मुक्तिनाथमा पुग्ने गरेका छन् । हिउँ परेदेखि मन्दिरमा दैनिक दुई जनाभन्दा बढी भक्तजन नआएको पुजारी सुवेदीको भनाइ छ । जाडो मौसम सुरु भए पनि मुक्तिनाथमा जिल्ला र बाहिर जिल्लाबाट समेत भक्तजन जाने गर्छन् ।सडकको मुख्य भाग र आसपासका क्षेत्रमा हिउँ रहेकाले जोमसोमदेखि माथि कागबेनी र मुक्तिनाथसम्म सवारीसाधन ठप्प बनेको मुस्ताङ जिप तथा बस सञ्चालक समितिका सदस्य दीपक लालचनले बताउनुभयो । रासस

 

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.