भर्खरै

सडक पुनःनिर्माण भएपछि यातायात सञ्चालनमा सहज

गोकुलेश्वर (दार्चुला), १४ पुस । गत वर्ष महाकाली नदीमा आएको विनाशकारी बाढीले बगाएको खलङ्गा बाङाबगड क्षेत्रको सडक पुनःनिर्माण गरिएपछि काटै क्षेत्रका यातायात व्यवसायीलाई राहत भएको छ ।

IMG_0403

स्थानीय प्रशासनको पटक–पटकको आग्रहपछि दार्चुला–तिङ्कर सडक कार्यालयले उक्त क्षेत्रको अवरुद्ध सडकको ट्र्याक खोल्ने काम सम्पन्न गरेपछि व्यवसायीले राहत महसुस गरेका हुन् । ट्र्याक खुलेसँगै झन्डै डेढ वर्षदेखि काटैमा मात्र सीमित रहेका सो क्षेत्रका यातायात व्यवसायीहरू अहिले महाकाली लोकमार्गमा जिप सञ्चालन गर्न थालेका छन् । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.