भर्खरै

नेपालीलाई नेपालसँग जोड्ने प्रयास

आज हामी अत्यन्तै उत्साहित छौं । २०१५ को प्रारम्भसँगै घरहाम्रोनेपाल.कम मार्फत हाम्रो अनलाइन संस्करण यहाँहरु समक्ष ल्याएकाछौं । यस अनलाइन संस्करणलाई हामीले संयुक्तराज्य अमेरिकाबाट अगाडी बढाउने छौं ।

यस अनलाइन संस्करण मार्फत नेपाल र नेपालीहरु विच सुचना संबाहकको रुपमा कार्य गर्ने छौं । अनेक बाध्यताले र परिस्थितीले विदेशमा रहेर आफ्नो जीवनलाई अगाडी वढाइरहनुभएका सम्पूर्ण नेपालीलाई नेपाली भाषा, साहित्य, संस्कृतिका बारेमा जानकारीका साथै नेपालको गरिमालाई महत्वका साथ प्रस्तुत गर्ने हाम्रो ध्यय रहने छ ।

भविष्यको कार्यक्षेत्र विश्वव्यापी बनाउने उदेश्यका साथ अगाडी बढ्ने क्रममा नेपालीहरुको बाक्लो वसाइ रहेका देशहरुमा देशिय संस्करण पनि ल्याउने प्रयास गर्ने छौं ।

यस वेबसाईट प्रकाशनको सफलातको लागि यंहाहरुको सकृय सहभागीता, बिचार एंव सल्लाह हाम्रा लागि सधैं आमुल्य हुनेछन।

अन्त्यमा सम्पूर्ण नेपाली दाजु-भाइ दिदी-बहिनीहरु विश्वको जुनसुकै कुनामा भएता पनि नँया वर्ष २०१५ को उपलक्ष्यमा उत्तरोत्तर प्रगति, सु-स्वास्थ्य एवम दिर्घायुको शुभकामना व्यक्त गर्दछौं ।

घर हाम्रो नेपाल परिवार
GharHamroNepal.com

0 Comments

  1. विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई एकसुत्रमा जोडने कार्यमा अर्को प्रयासको लागि घर हाम्रो नेपाललाई हार्दिक स्वागत छ । यस वेभसाइटको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

    Reply

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.