भर्खरै

युरोपेली महासङ्घले गैरकानुनी आप्रवासी व्यापारीको नयाँ क्रियाकलाप नियन्त्रण गर्ने

ब्रसेल्स, १८ पुस । युरोपेली तटीय क्षेत्रमा आप्रवासीहरूले भरिएको तथा चालकविहीन जहाजहरू ल्याएर छोड्ने गैरकानुनी रूपमा मानिस ओसारपसार गर्ने व्यापारीमाथि कडा कारबाही गरिने दृढता युरोपेली महासङ्घले गरेको छ ।

युरोपेली महासङ्घको कार्यकारी एकाइ युरोपेली आयोगले चालकविहीन व्यापारिक जहाज एजादिन इटालीको दक्षिणी बन्दरगाहतर्फ बढ्दै गएको घटनालाई नजिकबाट अगुमन गरी उक्त दृढता व्यक्त गरेको हो । उक्त जहाजमा ४५० आप्रवासी रहेको र पछि त्यसलाई इटालीका नाविकहरूले शुक्रबार नियन्त्रणमा लिएको बताइएको छ ।

यसअघि बुधबार ब्ल्यु स्काइ एम नाम गरेको जहाजलाई आप्रवासीको गैरकानुनी ओसारपसार गर्ने व्यापारीले इटालीको तटीय क्षेत्रमा चालकविहीन अवस्थामा छोडिदिएका थिए । उक्त जहाजमा ८०० आप्रवासी भएको बताइएको छ ।

आयोगका प्रवक्ताले ब्ल्यु स्काइ एमलाई दुई दिन अगाडि उद्धार गर्नु तथा त्यसपछि इजादिन देखा पर्नुले गैरकानुनी कारोबार गर्ने व्यापारीले युरोपमा मानिस प्रवेश गराउने नयाँ मार्ग फेला पारेको देखिएको बताए ।

यी प्रवक्ताले आयोगले सन् २०१५ का लागि एकीकृत आप्रवास योजना तयार गरेको र त्यसमा यस्ता घटना हुन नदिने, आप्रवासीको ज्यान जोगाउने तथा यस्ता गैरकानुनी कारोबार गर्ने व्यक्तिहरूमाथि कारबाही गर्ने प्राथमिकता भएको बताए ।

युरोपको दक्षिणी तटीय क्षेत्रमा गस्ती गर्ने जिम्मेवारी सैद्धान्तिक रूपमा युरोपेली सीमा संस्था फ्रन्टेक्सले सञ्चालन गरेको बहुराष्ट्रिय संस्था ट्रिटनको भएको बताइएको छ । युरोपेली सरकारलाई यस कार्यका लागि कोष उपलब्ध गराउन लगाउन असफलता भोगेपछि इटालीले आफ्नो मारे नोस्ट्रम कार्यक्रम अक्टोबरपछि बन्द गरे पनि हाल यी उद्धार कार्य इटालीको नौसेनाले गरेको छ ।

द्वन्द्व तथा गरिबीग्रस्त मध्यपूर्व, अफ्रिका तथा एसियाका जनता समुद्रबाट युरोप पुग्ने प्रयासमा लागेपछि यस प्रकारको आप्रवासीयुक्त परित्यक्त जहाजको नाटक आरम्भ भएको हो ।

गत १४ महिनाको अवधिमा इटालीले एक लाख ७० हजार मानिसलाई उद्धार गरेको छ । युरोपसम्म पुग्न खोज्ने हजारौँ यस्ता आप्रवासीको समुद्रमा मृत्युभएको छ ।

यस्ता व्यक्तिलाई गैरकानुनी रूपमा समुद्रसम्म पु¥याउने दयाहीन व्यापारीले उनीहरूबाट हजारौँ अमेरिकी डलर असुल्ने गरेका छन् । हाल अराजक बनेका लिबिया तथा उत्तर अफ्रिकाबाट यस्ता आप्रवासीहरू प्रस्थान गर्ने गरेका छन् । रासस/एएफपी

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.