भर्खरै

मनाङ र मुस्ताङमा भारी हिमपात

पोखरा, १८ माघ । हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङमा भारी हिमपात भएको छ । गएरातिदेखि लगातार हिउँ परिरहेको र अहिले त्यहाँ डेढफिट बाक्लो हिउँ जमेको त्यहाँका बासिन्दाले बताएका छन् ।

कोठाबाट कार्यालय आउँदा पनि बेल्चाले हिउँ पन्छाएर आएको कृषि विकास कार्यालय मनाङका एक कर्मचारीले बताए । पाखापखेरा, डाँडाकाँडा, घरका छाना अहिले त्यहाँ सेताम्मै छन् । त्यहाँ अत्यधिक चिसो बढेकाले मानिसहरू घरभित्रै बाक्लो लुगा लगाई आगो तापेर बस्ने गरेका छन् । चिसोले ती जिल्लाका दैनिकी कष्टकर बनेको छ ।

यस्तै मुस्ताङमा पनि दुई फिटभन्दा बढी बाक्लो हिउँ जमेको छ । मुस्ताङमा पनि अत्यधिक चिसो बढेको छ । मुस्ताङको जोमसोम विमानस्थलको धावनमार्गमा पनि हिउँ जमेकाले केही दिनसम्म विमान अवतरण गर्न नसकिने भएको छ । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.