भर्खरै

पेट्रोलियम पदार्थको मूल्यमा कटौती

काठमाडौँ, १९ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलि दुई रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा मूल्य घटाएको हो । मूल्य समायोजनपछि पेट्रोलको रु एक सय नौ र डिजेल र मट्टितेलको ८६ रुपैयाँ ५० पैसा प्रतिलि पर्नेछ ।
नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । रासस

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.