भर्खरै

संविधान निर्माणलाई  टुङग्याउनुपर्छ, म यसलाई अब टुङग्याउछु : अध्यक्ष दाहाल

prachanda3काठमाडौँ, ३० चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच संविधान लेखनलाई अघि बढाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।

अध्यक्ष नेम्वाङको सरकारी निवास बालुवाटारमा आज साँझ उहाँहरुबीच संविधानका अन्तरवस्तुमा दलहरुबीच देखिएको विवादलाई अब छिट्टै सुल्झाएर लैजानुपर्छ भन्नेमा मतैक्यता भएको थियो ।

सो अवसरमा अध्यक्ष नेम्वाङले संविधानसभाको बैठक माघ २९ गते  सहमतिका लागि भनी स्थगन भएकामा दुई महिना व्यतित भइसकेको छ, अब समय साँगुरिसकेको छ, जनताले संविधान कहिले ल्याउँछौ भनेर सोधेका सोधै छन्, अब छिटो टुङग्याउनुपर्छ भनेर अध्यक्ष दाहाललाई भन्नुभएको थियो ।

जवाफमा अध्यक्ष दाहालले संविधानका धेरै अन्तरवस्तुमा सहमति भइसकेकाले संविधान लेखनलाई टुङग्याउनुपर्छ भन्नेमा आफू पुगेको बताउनुभएको अध्यक्ष नेम्वाङले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा अध्यक्ष दाहालले अब संविधान निर्माणलाई टुङग्याउनुपर्छ भन्नेमा म पुगेको छु, धेरै विषयमा सहमति भएका छन्, बाँकी विषयमा पनि सहमतिनजिक छौँ, म यसलाई टुङग्याउँछु ।

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.