भर्खरै

रिचार्ज कार्डसहित तीन पक्राउ

mahotari mapगौशाला, २१ जेठ । महोत्तरी प्रहरीले गएराति जिल्लाको धमौरा गाविसबाट हजाराँैको रिचार्ज कार्डसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धमौरा गाविस–८ बस्ने २७ वर्षीय जीतेन्द्रकुमार शर्मा, २५ वर्षीय शनाउल्लाह अन्सारी र वडा नम्बर ९ बस्ने १७ वर्षीय हैदर राईन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

पक्राउ परेकाका साथबाट प्रहरीले एनटिसीको रु १०० को  १९ थान, एनसेलको रु १०० का १९० थान, रु ५० का ३८० थान, रु ३०० का २० थान र रु ५०० का १० थान रिचार्ज कार्ड बरामद गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । पक्राउ परेका तीनै जनाले धमौरा गाविस–८ मा अवस्थित अन्जनी मेडिकल हालबाट रातिको बेला ताल्चा फुटाई रु १९ हजार ९०० मूल्यको रिचार्ज कार्ड र रु ५५५ नगद चोरेको थियो ।

 

उनीहरुलाई चोरी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.