भर्खरै

प्रधानमन्त्री र जापानका राजदूतको भेट

image

काठमाडौं, साउन २६ । नेपालस्थित जापानी राजदूत मासासी ओगावाले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी बधाई तथा सफल कार्याकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत ओगावाले नेपाल सरकारलाई जापानको पूर्ण सहयोग रहने बताएका छन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबीच ऐतिहासिक सम्बन्ध कायम रहेकाले यसलाई थप मजभूत बनाउने बताए ।

प्रधानमन्त्रीले जापान नेपालको नजिकको साथी भएकाले नेपालको दुःखसुखमा जापानबाट प्राप्त भएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि साथ रहने अपेक्षा गरे ।