भर्खरै

बस पल्टिँदा सुर्खेतको कपासेमा ३२ जना घाइते

bus accident

सुर्खेत, साउन २७ । सुर्खेतमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

सुर्खेतको लेखगाउँबाट विरेन्द्रनगर जाँदै गरेको ना ४ ख ५५६९ नम्बरको बस कपासे व्यारेक नजिकै पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चार जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुको मध्य पश्चिम क्षेत्रीय अस्पताल र माया नर्सिङ होम, सुर्खेतमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।