भर्खरै

स्वास्थ्य सचिव डा. सेनेन्द्रराजलाई टेलिफोन गरेर के भने प्रधानमन्त्रीले

pushpa-kamal-dahalकाठमाडौं साउन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरहरुले बिरामी जाँच गरिरहेको भन्दै उनीहरुलाई तत्काल बिरामी जाँचबाट रोक्न स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन् ।

आइतबार बिहान स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनमार्फत् प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । निर्देशनमा प्रधानमन्त्रीले भने, नक्कली भनिएका डाक्टरहरुले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी आएको छ । तपाईले तत्काल ती डाक्टरहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्नुहोस् ।
प्रधानमन्त्रीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्न पनि स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन् ।