भर्खरै

दुई युवाको हत्या गरेर जंगलामा लुकेका कर्णबहादुर पक्राउ

kill

भदौ दाङ, ६। गोली हानेर दुई युवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रउ गरेको छ ।

पक्राउ पर्नेमा गढवा ५ खबरी नाका निबासी ३२ बर्षका कर्णबहादुर पुन रहेको प्रहरीले बताएको छ ।

उनलाई कोइलावासको जंगलमा लुकेर बसेको अबस्थाम सोमबार दिउसो प्रहरीले पक्राउ गरेको दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

प्रहरीले पुनको खोजीकार्यका लागि ठूलोमात्रामा प्रहरी परिचालन गरेको थियो ।

पुनले गएराती स्थानिय ३२ बर्षका राजु रोका र ४५ बर्षका कालु रोकालाई भरुवा वन्दुकले हानेर भागेका थिए ।

गम्भिर घाइते राजुको प्राथामिक उचपार केन्द्र लमही र कालुरामको कोहोलपुर लग्ने क्रममा बाटोमै ज्यान गएको थियो ।

पुनले पुरानो रिसीवीका कारण दुवै जनाको गोली हानेर हत्या गरेको प्रहरीले बताएको छ ।